३० बैशाख २०८१, आइतबार | Mon May 13 2024

मंसीर २९ गते हुने सरकार विरुद्धको आन्दोलनलाई सफल बनाउन कांग्रेस कपिलवस्तुको आह्वान



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुले यही मंसिर २९ गते तौलिहवामा हुने बिरोध प्रर्दशनलाई सफल बनाउन आग्रह गरेको छ ।

सरकारको विरुद्धमा हुने विरोध प्रर्दशनमा सहभागी हुन सबै कार्यकर्तालाई कांग्रेसले आग्रह गरेको हो । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले जन बिरोधी काम गरी अधिनायकबाद तर्फ उन्मुख भएको वर्तमान सरकारका विरुद्धमा खवरदारी गर्न विरोध कार्यक्रममा सहभागी हुन क्षेत्र, नगर, वडाका सबै सदस्य तथा शुभेच्छुकलाई आग्रह गर्नुभएको छ ।

सभापति आचार्यले मंसीर २९ गते हुने बिरोध प्रर्दशनलाई सफल बनाउन गाउँ गाउँबाट कांग्रेस कार्यकर्तालाई तौलिहवामा आउन आग्रह गर्नुभएको छ ।

जन बिरोधी काम गरेको वर्तमान दुई तिहाईको सरकार बिरुद्ध सशक्त प्रर्दशन गरिने उहाँले बताउनुभयो । उहाँले वर्तमान सरकारलाई खवरदारीको विकल्प नभएको बताउनुभयो ।

भ्रष्टाचारले चुर्लुम्म डुवेको सरकारलाई ट्रयाकमा ल्याउन पनि यो कार्यक्रममा ठुलो संख्यामा सहभागीता अनिवार्य रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २७ मंसिर २०७७ शनिबार ००:००  १ : ०३ बजे