कपिलवस्तुमा बजाज ‘डोमिनार २५०’को विक्री सुरु, विशेषता र मुल्य हेर्नुहोस्


मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुमा पनि बजाजको नयाँ मोटरसाइकल ‘डोमिनार २५०’ को विक्रिवितरण सुरु भएको छ । जिल्लाको आधिकारिक विक्रिेता केदारनाथ मोटरसाइकल पार्टस बजाज शोरुम बाणगंगा वैरियाबाट ‘डोमिनार २५०’ को विक्रिवितरण सुरु भएको हो ।
बजाजको लागि नेपालको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालीले नयाँ बजाज डोमिनार २५० मोटरसाइकल नेपाली बजारमा भित्राएसंगै कपिलवस्तुमा पनि यसको विक्रि सुरु भएको प्रबन्धक विनोद पाठकले जानकारी दिनुभयो । पछिल्लो समयका युवाहरुको सबैभन्दा बढी आकर्षण यस बाइकमा रहेको कम्पनीले जनाएको छ । नेपालमा पनि विक्रिवितरण सुरु भएसंगै धेरैले यो बाइक रुचाएका कम्पनीले जनाएको छ । कपिलवस्तुमा पनि केहीले यसलाई बुकिङ गरिसकेको पाठकले मायादेवीलाई जानकारी दिनुभयो ।

यस्ता छन् विशेषता

यसमा २४८.७७ सिसी एफआइ इञ्जिन जडान गरिएको छ, जसले २७ पिएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध डोमिनार २५० मा डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको कम्पनीले जनाएको छ । यसको बजारमुल्य ४ लाख ८९ हजार ९ सय रहेको छ ।

नेपाली बजारमा बजाज डोमिनार २५० एबीएस भित्रियो, यसको मुल्य र फिचर कस्तो ?


नेपाली बजारमा पहिले देखि नै डोमिनार ४०० बाइक उपलब्ध छ । डोमिनार २५०एबीएसमा धेरै फिचरहरु डोमिनार ४०० जस्तै रहेको छ । यसमा फुल एलईडी लाइटिङ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्प्लिट सिट र ट्विन पोड एक्जस्ट जस्ता फिचर उपलब्ध छन् ।
सस्पेन्सनका लागि बाइकमा ३७ एमएम अपसाइड डाउन फ्रन्ट फोर्क्स र ब्याकमा प्रि–लोड एड्जस्टेबल मोनोसक दिइएको छ । बजाज डोमिनार २५० लाई आफ्नो सेगमेन्टमा मोस्ट भ्यालु फर मनी प्रोडक्ट मानिन्छ । यो बाइकमा १३ लिटरको इन्धन ट्यांकी छ । दुवै ह्विलमा डिस्क ब्रेक छ भने सुरक्षाका लागि यसमा ड्युअल च्यानल एबीएस छ ।

बाइकमा बीएस६ कम्प्लायन्ट २४८।७७ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन छ । सो इन्जिनले २६।६ बीएचपी पावर र २३।५ एनएम टर्क जेनेरेट गर्छ । बजाज डोमिनार २५० एबीएसको मूल्य नेपाली बजारमा ४ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ । डोमिनार २५० एबीएस फाईनसमा पनि उपलब्ध रहेको छ । मिनिमम ३० प्रतिशत डाउन पेमेन्टमा पनि उपलब्ध छ भने ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याजदर रहेको छ ।

१३२ किमी प्रति घण्टासम्म सम्मको रफ्तारमा गुड्नसक्ने यो मोटरसाइकल १०.५ सेकेण्डमा ०–१०० किमी प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ । कम्पनीले यसको मूल्य ४ लाख ८९ हजार ९ सय निर्धारण गरेको छ। डोमिनार २५० मा एलइडी हेडल्याम्प, अटोमेटिक हेडल्याम्प अन जस्ता प्रविधी राखिएको छ ।

चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ। यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ। यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ । त्यस्तै यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबिएसमा पनि उपलब्ध छ ।

137363310_3449610331774497_380971960657272192_o.jpg

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस