प्रिमियर लिगः युनाईटेड शीर्षस्थानमा उक्लियो, पोग्बाको गोल


एजेन्सी ।
म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा बर्नलीलाई १(० गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा उक्लिएको हो ।

बर्नलीको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा मार्कुस राषफोर्डको पासमा भली गोल गरेका थिए ।

पोग्बाको यो सिजनको दोस्रो गोल हो ।बर्नलीलाई हराएसँगै युनाईटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

युनाईटेडले १७ खेलमा ३६ अंक जोडेको छ । युनाईटेडले लिभरपुललाई ३ अंकले पछि बनाएको छ ।

बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ । अर्को खेलमा सेफिल्ड युनाईटेडले न्युकासल युनाईटेडलाई १(० ले हराएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस