स्पेनिस ला लिगाः एथ्लेटिको मड्रिडले रियलसंगको दुरी बढायो


एजेन्सी ।
स्पेनिस ला लिगाका फुटबलमा लिडर एथ्लेटिको मड्रिडले अग्रता बढाएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई २–० ले पराजित गरेको हो ।

एथ्लेटिकोलाई जिताउन १७ औँ मिनेटमा एन्जल कोरिया र ७६ औँ मिनेटमा साउल निगुएजले गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १६ खेलबाट ४१ अंक भएको छ ।

दोस्रो स्थानको रियल मड्रिड १८ खेलबाट ३७ अंक छ । सेभिल्ला १७ खेलबाट ३० अंकसहित छैटौँ स्थानमा छ । अर्को खेलमा ग्रानाडाले ओसासुनालाई २–० ले पराजित गरेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस