२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

भारतले इपिजीको प्रतिवेदन बुझ्नुपर्छः मन्त्री ज्ञवाली



काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रबुद्ध व्यक्ति समूह इपिजी को प्रतिवेदन भारतले बुझ्नुपर्ने बताएका छन्। भारत भ्रमणमा रहेका मन्त्री ज्ञवालीले शनिबार विहान भारतीय पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन्। प्रतिवेदनलाई अध्ययन गरेर क्रमशः कार्यान्वयनमा लैजानुपर्ने उनले बताए। नेपाल र भारतबीच रहेका १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन २०७३ सालमा ईपीजी गठन गरिएको थियो। ईपीजीको दुई वर्षे समयावधि २० असार २०७५ मा सकिएको हो।

प्रकाशित मिति : ३ माघ २०७७ शनिबार ००:००  ३ : १३ बजे