६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

गजलः दशैं तिहार मेरो रुदै जानी भो !



भानु घिमिरे, अर्घाखाँची ।
ऐले पनि दशैं तिहार मेरो रुदै जानी भो
घरमा बुढी आमा तस्बिर छुदै जानी भो

सधै लाग्छ आउने साल खुसी हुने छु म
कस्तो कर्म परदेशी पीडा हुदै जानी भो

बिताउछु जिन्दगी सधै आशाहरु बाधेर
दशैं तिहार आशुँले सिरानी धुदै जानी भो

आसा हरु पलाउँछन जीवन उकासौला
माथि आउला भन्दा गरिब उदै जानी भो ।।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ७ : ३९ बजे