२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

पिएसजी उक्लियो शीर्ष स्थानमा, कुर्जावाले गरेको गोल निर्णायक



एजेन्सी ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले एङ्गर्सलाई १–० ले पराजित गरेको हो।

अवे मैदानमा भएको खेलमा पिएसजीका लागि ७० औँ मिनेटमा कुर्जावाले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

जितपछि शीर्ष स्थानमा पुगेको पिएसजीको २० खेलबाट ४२ अंक भएको छ । दोस्रो स्थानमा झरेको लियोनको १९ खेलबाट ४० अंक छ ।

प्रकाशित मिति : ४ माघ २०७७ आइतबार ००:००  ७ : १८ बजे