८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

‘मुख स्वस्थ्य रहे अधिकांश रोगबाट बचिन्छ’



काठमाडौं ।
तपाईं मुख स्वास्थ्यबारे कत्तिको सजग हुनुहुन्छ रु ख्याल गर्नुस् है मानव शरीरभित्र करीब ९० प्रतिशत रोग मुख स्वास्थ्य अर्थात् दाँतजन्य समस्याका कारण हुने गरेको विज्ञहरु बताउँछन् ।

मुख स्वास्थ्यको संवेदनशील दाँतको समस्यालाई सामान्य ठानेर हेलचेक्र्याँइ गरिए यसले अरु जटिल प्रकृतिका रोग निम्त्याउने गरेको छ । त्यसैले दाँतको उपचार र हेरचाहमा ख्याल गरेको खण्डमा अधिकांश रोग लाग्नबाटै बच्न सकिने चिकित्सकको भनाइ छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड प्रत्यक्ष मुख स्वास्थ्यसँग जोडिएको विषय पनि हो । महामारी सर्ने डरले अहिले पनि धेरै दाँतका बिरामी उपचारका लागि पुग्न सकेका छैनन् । कोभिड मुख, नाँक र आँखाबाट सर्ने भएकाले पनि दाँतको समस्या आइहाले पनि कोभिड सर्ने डरले अहिले पनि धेरै बिरामी घरमै छन् ।

ॐ समाज डेन्टल हस्पिटलका संस्थापक अध्यक्षसमेत रहनुभएका वरिष्ठ दन्तरोग विशेषज्ञ डा सुवास घिमिरेले कोभिड कहरमा पनि अस्पताल जान नसक्ने र विभिन्न बाध्यतामा परेका बिरामीको घर, टोल, समुदायमा पुगेर उपचार सेवा दिलाउनुभयो । जटिल प्रकारका बिरामीले पनि यो सेवाबाट लाभ लिए । कतिपय डर, त्रासले पनि अस्पताल गएनन् भने केहीले उपचारको मेसो नपाएर पनि हैरानी बेहोरेका बिरामीलाई डा घिमिरे विपद्को सारथी बन्नुभयो । दाँतको घुम्ती उपचारका रुपमा उपकरण र स्रोत साधन जडित एम्बुलेन्ससहित घरघरमा गएर उपचार गर्नुभयो ।

उहाँले भन्नुभयो, “डाक्टर पनि कोभिडका बिरामी देखेर भाग्ने अवस्था थियो । हामी संवेदनशील भएर मुख स्वास्थ्य महत्वपूर्ण छ, प्रमुख द्वार हो । जति पनि राम्रा–नराम्रा चिज खुमबाटै जान्छन् त्यसैले मुख स्वास्थ्यको केयर गर्नसके झण्डै ९० प्रतिशत रोग लाग्दैन र मुख स्वास्थ्यको केयर गर्दा शरीर स्वास्थ्यको बोनस प्राप्त हुन्छ भन्नेबारे जनचेतना जगाउन हामी अभियानका साथ लागेका छौँ ।”

मुखलाई मात्र जोगाउन सके कोभिडबाट पनि बच्न सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता ‘इम्युनिटी पावर’ कमजोर भएका मानिसलाई कोभिडले बढी चाप्ने भएकाले स्वास्थ्य सावधानी अपनाएको खण्डमा बच्न सकिने उहाँको भनाइ छ । कोभिडबाट बच्न तथा मुख स्वास्थ्य र मानव स्वास्थ्यको रक्षाका लागि नियमितरुपमा योगा अभ्यास, खानपिनमा ध्यान दिने, तारेका खानेकुरा नखान तथा चिनीको मात्रा कमगरी भरसक तातोपानीको प्रयोग गरी घाम ताप्ने जस्ता प्रक्रिया अपनाउँदा स्वस्थ्य शारीरिक लाभ हुने उहाँ बताउनुहुन्छ । रासस

प्रकाशित मिति : ४ माघ २०७७ आइतबार ००:००  ७ : ५२ बजे