नेकपा नेता ज्ञवाली कपिलवस्तु आउँदै, माघ ६ गते बुङ्चीमा अगुवा कार्यकर्ता भेला


मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला माघ ६ गते वाणगंगामा हुने भएको छ ।

प्रचण्ड–माधव पक्षले आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्न नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली लगायतका आधा दर्जन नेतालाई जिल्लामा आमन्त्रण गरिएको नेकपा कपिलवस्तुले जनाएको छ ।

मंगलबार विहान ११ बजे सिद्धार्थ क्याम्पस बुङ्चीमा राखिएको भेलालाई सम्बोधन गर्न प्रदेश इन्चार्ज ज्ञवालीसंगै स्थायी कमिटी सदस्यहरु बर्षामान पुन, चक्रपाणी खनाल, केन्द्रिय सदस्य ठाकुर गैरे, प्रदेश अध्यक्ष ओनसरी घर्ती, केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय लगायत आउने जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पश्चात त्यसको विरोध स्वरुप जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षात्मक कार्यक्रम राखिएको जिल्ला सचिव शाहले बताउनुभयो । साथै उक्त भेला पश्चात जिल्ला कमिटीको विस्तारित बैठक पनि बस्ने जनाइएको छ ।

१० स्थानीय तह रहेको जिल्लाका सबै मातहत कमिटीबाट नेकपा नेता, कार्यकर्ता र शुभचिन्तक आउने नेकपाले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस