७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

घरजग्गा किन्दा कस्ता कागजपत्र आवश्यक पर्छन् ?




काठमाण्डौँ ।
घर वा जग्गा किन्दा ठगिने पो हो कि ? कतै पैसा बिचौलियाले खाइदिने पो हो कि ? या मालपोतमा चाहिने कागजात आफूसँग नहुने पो हो कि ? भन्ने यावत समस्याले तपाईं हामीलाई सधैं सताउने गर्दछ ।

अझ कागजात नपुगेकै भरमा काम रोकिएर लामो समयसम्म पर्खनु पर्ने पनि हुन्छ । कतिपय सरकारी कार्यलयमा कुन(कुन कागजात कसरी बुझाउने भन्ने जानकारी पाउन समेत सेवाग्राहीलाई मुश्किल नै पर्ने गर्छ ।

यस्तो अवस्थामा लाखौँ रुपैयाँ खर्च गरेर घर वा जग्गा किन्दा होसियार हुन आवश्यक छ । यदि तपाईं जग्गा वा घर किन्दै हुनुहुन्छ भने मालपोत जाँदा निम्न कागजात आफूसँग छ कि छैन भन्ने याद राख्नु पर्छ ।यी हुन् घरजग्गा किन्दा चाहिने कागजपत्र

  • जग्गाधनी प्रमाण पुर्जाको सक्कल तथा फोटोकपी
  • किन्ने र बेच्नेको नागरिकताको सक्कल तथा फोटोकपी
  • मालपोत तिरेको रसिद, घर किनेको खण्डमा भने घरसमेतमा करचुक्ताको प्रमाणपत्र,

घरबाटो तथा चार किल्ला सिफारिस र राजीनामाको लिखत पत्र बोकेर मालपोत जानुपर्छ । यीमध्ये कुनै एक कागजात लैजान नसकेको खण्डमा तपाईंले घर वा जग्गा आफ्नो नाममा पास गर्न सक्नुहुन्न ।

यदि तपाईंले अफिस किन्न खोज्दै हुनुहुन्छ भने तपाईंले कम्पनीको प्रबन्धपत्र, नियमावली र करचुक्ता गरेको प्रमाणपत्र, सञ्चालक समितिको निर्णयको माइन्यूट, दर्ता प्रमाण्पत्र,प्यानरभ्याट दर्ताको प्रतिलिपि, सञ्चालकहरुको नागरिकताको प्रतिलिपि, सञ्चालकहरुको शेयर लगत, सम्बन्धित व्यक्तिलाई अख्तियारी दिइएको पत्र आवश्यक पर्छ ।

प्रकाशित मिति : ५ माघ २०७७ सोमबार ००:००  ९ : ५० बजे