८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बार्सिलोनालाई हराउँदै बिल्बाओ च्याम्पियन, मेस्सीले पाए रातोकार्ड



एजेन्सी । एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।

निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।

यस्तै अतिरिक्त समयमा बार्सिलोनाका १० खेलाडीमा समेटिएको थियो ।उसका लियोनल मेस्सीले रातो कार्ड पाएका थिए । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए ।

बार्सिलोनाको फुटबल करियरमा मेस्सीको यो पहिलो रातो कार्ड हो ।अतिरिक्त समयमा धकेलिनु अघि एन्टोनी ग्रीजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।तर, ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर, खेलको ९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २-२ को बराबरीमा ल्याएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७७ सोमबार ००:००  १० : ०१ बजे