७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बाल मावि बाणगंगाको अध्यक्षमा घिमिरेको पुनरावृत्ति, समितिले पनि पायो पूर्णता




मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ बैरीयास्थित बाल माध्यमिक विद्यालयको अध्यक्षमा वरिष्ठ समाजसेवी डोलकराम घिमिरे दोहोरिनु भएको छ ।

यस अगाडी पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनु भएका घिमिरेलाई सोमबार बसेको समितिको वैठकले सर्वसम्मत अध्यक्षमा पुनः नेतृत्व दिएको हो । यससंगै समितिले पनि पूर्णता पाएको छ ।

अभिभावक भेलाले छानेका ४ अभिभावकबाट थप दुई जना मनोनित गरेपछि कार्यसमितिले पूर्णता पाएको अध्यक्ष घिमिरेले बताउनु भयो । मनोनित हुनेमा टोपकला बिसि पनि रहनु भएको छ ।

यस्तै वडाअध्यक्ष बाल कुमारी अधिकारी पन्त र बिद्यालयका प्रार्चाय अर्जुन शाहीलाई पदेन सदस्यको रुपमा राखिएको छ । रन बहादुर परियार, गंगाराम थारु, मान कुमारी बिसि र पार्वती हमाल पनि सहमतिमा चयन हुनुभएको छ ।

प्रकाशित मिति : ११ माघ २०७७ आइतबार ००:००  ५ : २६ बजे