१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तु सामुदायिक अस्पतालमा सोमबारदेखि प्रसुति सेवा आरम्भ हुँदै




मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु सामुदायिक अस्पताल बाणगंगामा सोमबार (भोलि) देखि प्रसुति सेवा आरम्भ हुने भएको छ ।

पछिल्लो समय बिभिन्न सेवा वृद्धि गर्दै आइरहेको अस्पतालले सोमबारबाट प्रसुति सेवा सुरु गर्ने भएको हो । यस क्षेत्रमा भरपर्दो प्रसुति सेवा नभएर आमा दिदीहरुले दुख पाइरहेको भन्दै अबदेखि त्यो दुख कसैले पनि भोग्न नपर्ने अस्पतालका अध्यक्ष रामजी सेनले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

विहान एक कार्यक्रमकाबीच सुरु हुने प्रसुति सेवाबाट अधिकतम फाइदा लिन पनि उहाँले सबैमा आग्रह गर्नुभएको छ । दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति गराइने भएकाले ढुक्क भएर सेवा लिन आउन पनि अस्पतालले आग्रह गरेको छ ।

अस्पतालमा अहिले माइनर अप्रेसन, २४ घण्टा इमरजेन्सी सेवा तथा ओपिडी लगायतका सेवाहरु रहेका छन् । अस्पतालले आगामी दिनमा थप सेवाहरु पनि वृद्धि गर्दै लैजाने योजना राखेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेलले बताउनु भयो ।

प्रकाशित मिति : ११ माघ २०७७ आइतबार ००:००  ५ : ४८ बजे