७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अध्यक्ष पौडेल भन्नुहुन्छः माघ १५ गते भित्र व्यवसाय अनिवार्य नविकरण गर्नू



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु उद्योग वाणिज्य संघले माघ १५ गते भित्र मातहतका सबै ब्यवसायको नविकरण गर्न आग्रह गरेको छ ।

माघ २३ र २४ गते संघको १४ औँ साधारण सभा तथा ७ औँ अधिवेशन हुने भएको हुँदा सूचना नै निकालेर समयभित्र व्यवसाय नविकरण गर्न भनेको हो । यो समयावधिभित्र कुनै पनि उद्योग, ब्यवसाय र फर्मको नविकरण नभए म्याद थप गरेर पछि नविकरण गर्न नसकिने अध्यक्ष उमानाथ पौडेलले मायादेवीसंग बताउनु भयो ।

साधारण सभा र चुनावमा संघ होमिएकाले संघ त्यसैको तयारीमा लागेको समेत उहाँले बताउनु भयो । अधिकांस ब्यवसाय, नविकरण भएको भन्दै बिभिन्न कारणले नविकरण नभएका, छुटेका सबैलाई तोकिएकै मितिभित्र नविकरण गर्न समय दिइएको पौडेलको भनाई छ ।

नविकरणको लागि संघको क्षेत्रभित्र माइकिङ समेत भइरहेको बताउँदै आवश्यक जानकारीको लागि कार्यलयमा गई बुझ्न पनि उहाँले मायादेवीमार्फत् आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १२ माघ २०७७ सोमबार ००:००  १० : १६ बजे