१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विवादपछि रोकिएको जेसिज कपिलवस्तुको चुनाव आज



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तु जेसिज बर्षको आगामी नेतृत्वको लागि आज चुनाव हुँदै छ । हिजो साधारण सभा सम्पन्न भएकोमा आज चुनाव हुन लागेको हो ।

निर्वाचन अधिकृत पोष्टराज गौतमका अनुसार नयाँ कार्यसमिति चयनमा केहि विवाद भएपछि आज चुनाव हुने जानकारी दिनुभयो । साधारण सभामा प्रमुख अतिथि कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले कपिलवस्तु जेसिज गरेको कामको प्रसंसा गर्नुभयो । उहाँले आगामी नेतृत्व सक्षम आउनेमा विश्वास गर्नुभयो । जेसिज बर्ष २०२० का अध्यक्ष मनोज खत्रीले संस्थाले गरेको कार्यक्रम तथा आगामि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

खत्रीको अध्यक्षता, कार्यक्रम संयोजक शंकर प्रसाद न्यौपानेको स्वागत मन्तब्य तथा महासचिव प्रविन पौडेलको सञ्चलालनमा साधारण सभा सम्पन्न भएको थियो ।

साधारण सभामा पुर्व अध्यक्ष यज्ञ प्रसाद भट्राई, रुक बहादुर भुसाल, कृष्णराज अर्याल, रमेश चन्द्र भुसाल, रविराज आचार्य लगातयले शुभकामना मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ८ : ४० बजे