२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

अदालतले सजाय सुनाएका फरार अभियुक्त पक्राउ



नेपालगञ्‍ज ।

अदालतले सजाय सुनाएका दुई जना फरार अभियुक्त पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, चोरी मुद्दामा फरार रहेका जानकी गाउँपालिकाका ५१ वर्षीय मातादिन काँदु र वहुविवाहमा फरार खजुरा गाउँपालिका वडा नं २ उढरापुरका विनाकुमारी खटिकलाई प्रहरीले पक्राउ गरेको हो।

बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले जिल्ला अदालतले काँदुलाई चोरी मुद्दामा कात्तिक २२ गते एक वर्ष ११ महिना तीन दिन कैद र बीस हजार रुपैया जरिवानाको आदेश गरेको जानकारी दिए। त्यस्तै, वहुविवाहमा खटिकलाई अदालतले ११ महिना १२ दिन कैदको सजाय सुनाएको थियो। बाँके प्रहरीले हालसम्म ५ सय १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाएको जनाएको छ।

यसैबीच, बाँके रझेनाका २२ वर्षीय होमबहादुर सार्की एक ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, जमुनाहाले सार्कीलाई खानतलासी गर्दा रातो प्लाष्टिकमा पुडिया बनाइ राखेको ब्राउनसुगर बरामद भएको हो।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ४ : ३५ बजे