८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

म्यानमारमा सैनिक कु, सुकी र राष्ट्रपति मिन्ट सैनिक नियन्त्रणमा



एजेन्सी ।

म्यानमारको सेनाले नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनीहरूलाई निवासबाट नियन्त्रणमा लिइएको हो।

म्यानमारमा केही समयदेखि सैनिक कू हुने हल्ला चलिरहेको थियो। सेनाले सोमबार बिहान नेताहरूलाई नियन्त्रणमा लिए पनि यो सैनिक कू नभएको जनाएको छ।

नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको बिबिसीले जनाएको छ।

गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी ९एनएलडी० ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो।

सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै थियो। सेनाले यो बैठक नराख्न भनिरहेको थियो।

प्रकाशित मिति : १९ माघ २०७७ सोमबार ००:००  ६ : ०२ बजे