६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

तुलसीपुरमा अटोचालकलाई अपहरण गरी लुटपाट गर्ने चार जना पक्राउ



दाङ ।
तुलसीपुरमा अटोचालकलाई अपहरण गरी लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । अटो चालक तेजबहादुर नेपालीलाई अपहरण गरेर लुटपाट गरेको आरोपमा प्रहरीले तुलसीपुर–१२ का २० वर्षका सुमन नेपाली, तुलसीपुर–८ का २० वर्षिय रोहित बिक, तुलसीपुर–६ का १८ वर्षिय सरोज नेपाली र सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का १८ वर्षिय दिनेश डाँगीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले गत पुस ११ गते राती पौने १० बजे तुलसीपुर–५ बसर्पाकमा कोठामा जाने क्रममा रा १ ह २५४६ नम्बरका अटो चालक नेपालीलाई खुकुरी देखाई मार्ने धम्किी दिएर अपहरण गरी तुलसीपुर–१२ महेन्द्र स्कुल पछाडी लगेर कुटपिट गरेर लुटपाट गरको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिनुभयो ।

अटो चालक नेपालीबाट पक्राउ परेका चार जनाले नगद, मोबाईल , ज्याकेट लगेको प्रमुख सिंहले जानकारी दिनुभयो । पिडित नेपालीले गत माघ १५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको आधारमा प्रहरीले यही माघ २६ गते साँझ ५ बजेको समयमा आरोपीत चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७ बिहिबार ००:००  ११ : ०८ बजे