यस्तो छ मरिचको औषधीय गुण


काठमाडौँ ।
मरिचलाई भान्साको एउटा महत्वपूर्ण मसलाको रुपमा लिइन्छ । यसलाई ‘एन्टिसेप्टिक’ को रूपमा उपयोग गर्नुबाहेक हैजा र ब्रोङ्काइटिसको उपचारमा समेत प्रयोग गरिन्छ ।

मरिचले शरीरको बोसो घटाउन मद्दत गर्ने ताइवानमा गरिएको एउटा अनुसन्धानले देखाएको छ । एग्रिकल्चर एन्ड फुड केमेष्ट्रिले मरिचबाट शरीरको बोसो घटेको अनुसन्धान रिपोर्ट प्रकाशित भएको हो ।

मरिचमा पाइने रसायन कैप्सेसिनले बोसोको कोषलाई आफैँ नष्ट गर्न बाध्य पार्छ । यसैकारण मरिच तीक्ष्ण स्वादको र सुगन्धित हुने गरेको हो ।

मरिचले शरीरको मेटाबोलिक दर बढाउँछ । यो दर बढ्नाले तौलमा कमी आउँछ । अर्थात् तौल घटाउने अन्य उपायसँगै खानामा मरिचको प्रयोगले सकारात्मक परिणाम दिन्छ ।

यसअघि गरिएका केही अध्ययनअनुसार मिरचले प्रोस्टेट र प्याङ्क्रियाजको क्यान्सर कोषलाई आफैँ नष्ट हुने दिसातर्फ मोड्ने गरेको छ । यसले शरीरमा अम्लको उत्पादन रोकेर अल्कालीको स्तर बढाउँछ ।

अल्काली यस्तो अकार्बनिक (इन आर्गेनिक) यौगिक हो जसले अम्लको गतिविधि नियन्त्रित गर्छ । पेटका कोषहरूमा रगतको बहाव बढाउँछ । अनुसन्धानअनुसार जुन मुलुकमा मरिचको उपयोग बढी हुन्छ, त्यहाँ पेटको रोग र ग्याष्ट्रिक अल्सरको समस्या कम पाउने गरिएको छ । मरिचमा एन्टिइन्फ्लामेन्टरी (सुन्निने कम गर्ने) क्षमता समेत हुने गरेको छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस