८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यस्तो रोग छ भने नखानुस् काउली



काठमाडौं ।
काउली प्राय मौसममा बजारमा पाइन्छ । प्रायः जाडो मौसममा पाइने काउली बेमौसमी तरकारीका रुपमा अन्य मौसममा पनि पाइने गरिन्छ । काउलीको तरकारी धेरैलाई मनपर्दछ । यो स्वास्थको दृष्टिकोणले पनि निकै फाइदाजनक छ । तर यहि काउलीका बेफाइदा पजि छन् ।

काउलीले सिधै असर गर्ने भन्दा पनि केही सीमित रोगका बिरामीलाई भने यसको सेवन हानीकारक हुन्छ । कुन रोगका बिरामीका लागी काउलीको सेवन हानीकारक हुन्छ त रु जान्नुहोस् ।

१. थाइराइड
हाइपो थाइराइड रोगका बिरामीले काउली खानु हुँदैन । काउलीमा गाइट्रोगन नामक तत्व हुने भएकाले यसले थाइराइड ग्ल्याण्डको कामलाई बाधा उत्पन्न गराउँछ ।

२. ग्याष्ट्रिक
काउलीमा पाइने केहि पोषक तत्वहरुले पाचन प्रणाली असर पार्दछ । तर्सथ ग्यास्ट्रिक पिडित व्यक्तिले समेत काउलीको सेवन गर्नु हुदैन ।

३. अर्थराइटीस
जो ब्यक्तिमा अर्थराइटीसको समस्या छ उनीहरुले पनि काउलीको सेवन गर्नुहुदैन । किनभने काउलीले पेटमा ग्यास बढाउँछ र हड्डीमा समेत पीडा उत्पन्न गराउन सक्छ ।

४. ब्लड क्लटिङ
काउलीमा पर्याप्त मात्रामा भिटामिन के पाइने भएकाले ब्लड कटिङका बिरामीले समेत काउली खानु हुदैन । तसर्थ रगत गाढा बनाउनेका औषधि सेवन गर्नेहरुले काउली सेवनबाट बच्नुपर्दछ ।

५. स्तनपान गराउने आमा
शिशुलाई स्तनपान गराउने आमाहरुले पनि काउलीको सेवन गर्नुहुँदैन । अन्यथा स्तनपान गराउने आमालाई ग्याष्ट्रिकको समस्या निम्तिन सक्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७ मंगलबार ००:००  ८ : ३६ बजे