२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

अचानक स्थगित भयो ओली समूहको स्थायी कमिटी बैठक, केही दिन नबस्ने



काठमाण्डौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बैठक बस्ने गरी बुधबार स्थायी कमिटी बैठक सकिएको थियो।

तर आज बैठक नबस्ने भएको छ।स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलका अनुसार आज बस्ने स्थायी कमिटी बैठक स्थगित भएको जानकारी आएको छ।

बुधबारको बैठकले सर्वोच्चले गरेको प्रतिनिधि सभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो।
बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलसँग पनि परामर्श गर्नेबारे स्थायी कमिटीमा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको जानकारी दिए।

प्रकाशित मिति : १३ फाल्गुन २०७७ बिहिबार ००:००  ८ : २७ बजे