२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

ओली एकमिनेट पनि सत्तामा बस्न लायक छैनन् : गोकर्ण विष्ट



गुल्मी ।
पूर्व–मन्त्री तथा नेकपाका नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओली अब एक मिनेट पनि सत्तामा बस्न लायक नरहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विष्टले भने, ’ओली अब एक मिनेट पनि सत्तामा बस्न लायक छैनन्। ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’

अर्को एक फरक प्रसंगमा विष्टले प्रचण्डलाई प्रधानमन्त्री बन्ने रहर नभएको पनि बताए । यदि प्रचण्डले प्रधानमन्त्री बन्न चाहेको भए ओलीसँगको सहमतिअनुसार आधा–आधा समय सत्ता सञ्चालन गर्ने सहमति रहेको पनि उनले सुनाए ।

यस्तै, केही दिन अगाडि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विष्टलाई छिट्टै ओली लाइनमा नआए सडकमा पु¥याउने धम्की दिएको विषयमा पोखरेललाई अबको चुनावमा आफूले चुनाव जितेर देखाउन चुनौती दिए । साथै कार्यक्रममा उनले विष्टको चिन्ता नगर्न पनि सुझाव दिए ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरी आगामी वैशाख १७ र २७ मा घोषणा गरेको मध्यावधि निर्वाचनलाई सर्वोच्च अदालतले खारेज गरी संसद् पुनः स्थापना गर्ने फैसला गरेको छ । प्रधानमन्त्री ओलीले भने अब संसद्मै फेस गरेर जाने बताइसकेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७ आइतबार ००:००  ६ : ५७ बजे