५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१५ वर्ष कैद सजाय पाएका व्यक्ति १६ वर्षपछि समातिए



दाङ ।
दाङमा प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ५५ वर्षीय लीला बहादुर खत्री रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खत्रीलाई २०६१ साल चैत्र २९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले १५ वर्ष कैद सजाएको फैसला सुनाएको थियो ।

उनी हालसम्म भारतको चण्डिगढमा लुकिछिपी बसिरहेका र छोराको तिथिमा गर्न घरमा आएको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले आइतबार बिहान करिब साढे ६ बजेतिर तुलसीपुर १० राईखल्यान आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

खत्री राईखल्यानमा नयाँ घर बनाइ लुकिछिपी बस्दै आइरहेको प्रहरीले जनाएको छ । उनलाई आजै दाङ देउखुरी जिल्ला अदालतलाई बुझाइएको प्रहरीले जनाएको छ । साथै अपराधिक क्रियाकलाप गरी फरार लुकीछिपी रहेका कोही भए जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७ आइतबार ००:००  ४ : ४० बजे