५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आयोजक सूर्योदय बाणगंगामा जारी फुटवलको फाइनलमा, रोशन म्यान अफ दि म्याच




मायादेवी अनलाइन, चारनम्बर ।
आयोजक सूर्योदय सामाजिक विकास संस्था बाणगंगामा जारी प्रथम सूर्योदय खुल्ला फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा रुपन्देही रुद्रपुरको हिमालय जनशक्ति विकास केन्द्रलाई २–० ले स्तब्ध पार्दै उपाधि नजिक पुगेको हो ।

घरेलु दर्शकको प्रशस्त साथ पाएको खेलमा जित निकाल्न आयोजकलाई हम्य हम्य भयो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफ भने निकै आक्रमक भएको थियो ।

राष्ट्रिय खेलाडी विश्वास श्रेष्ठलाई साथमा लिएर खेलेको रुद्रपुरको लागि खेलको ३२ औं मिनेट घातक बन्यो । यतिखेर आयोजकले कर्नर किक प्राप्त गरेको थियो । त्यसमा जर्सी ७ का खेलाडीले बल प्रहार गर्दा चिप्लिएका थिए । तै पनि मिड अनमा आएको कठिन बललाई जर्सी नम्बर १४ का खेलाडी टिम क्याप्टेन रोशन सेनले कडा प्रहार गरेपछि बलले जालीको दिशा लिएको थियो ।

डि एरियाभन्दा बाहिरबाट रोशनले उनले प्रहार गरेको बललाई हिमालयका गोल किप्परले नियन्त्रण गर्ने कुनै मौका पाएनन् र पहिलो गोल भयो । १ गोल खाएर निरास भएको हिमालयमाथि अर्को गोल गर्न आयोजकलाई समय लागेन त्यसको ठिक ३ मिनेटपछि जर्सी नम्बर १० का सुरज हमालले हेड मार्फत गोल गरे पछि खेल आयोजकको पक्षमा देखिएको थियो ।

खेलको अन्त्य तिर गोलको लागि अनुभवी खेलाडी विश्वास श्रेष्ठले गोलको लागि प्रयास गरे पनि सफल हुन सकेनन् । उनका केही प्रहारहरु दिशाहिन भए ।

यता सूर्योदयले पनि खेलको अन्त्यमा केही गोलका अवसर पाएको थियो । तर सदुपयोग नभएपछि २–० को स्पष्ट जितसहित आयोजक फाइनलमा पुग्न सफल भयो । आइतबारको खेलमा सूर्योदयका कप्तान रोशन सेन म्यान अफ दि म्याच बनेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार पाल्पा र नवलपरासी एफसी बीच दोश्रो सेमिफाइनल खेल हुने छ । यी २ टोली बीचको विजेताले फाइनलमा आयोजकसंग प्रतिस्पर्धा गर्ने संस्थाका अध्यक्ष सरोज सेनले बताउनु भयो ।

विजेताले नगद रु १ लाख १ हजार १ सय ११ पाउने छ भने उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७ आइतबार ००:००  ७ : २३ बजे