७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

हेमराज माविले वाणगंगाको राष्ट्रपति रनिङ शिल्डमा १८ स्वर्ण लग्यो, निजी विद्यालय कमजोर



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा हेमराज मावि हथौसाले ऐतिहासिक जित निकालेको छ ।

नगरभित्रका सबै सरकारी तथा निजी विद्यालयले सहभागीता जनाएको प्रतियोगीतामा १८ स्वर्ण जित्दै हेमराजले ऐतिहासिक जित निकालेको हो ।

शनिबार सम्पन्न रनिङ शिल्ड प्रतियोगीतामा वाणगंगाले हेमराज माविलाई १८ स्वर्ण पदकसंगै रनिङ शिल्डको उपाधि दिएको छ । विभिन्न ३० खेल मध्ये १८ स्वर्ण जितेर पहिलो भएको हेमराज तीन/तीन स्वर्ण जित्दै वाणगंगा मावि गजेहडा र सुर्दोदय मावि वरवा दोस्रो भएका छन् ।

जनता मावि पिपरा, महेन्द्र मावि कोपवा, सिद्धार्थ मावि बुङ्ची, हिल्वर्ट मावि पिपरा र मावि झण्डा मधौलीले समान एक/एक स्वर्ण पदक जित्दै चित्त बुझाएका छन् ।

जनता मावि पिपराको खेल मैदानमा सम्पन्न रनिङ शिल्ड प्रतियोगीतामा रजत तर्फ वाणगंगा माविले ६ पदक जितेर पहिलो भएको छ । स्वर्णमा ऐतिहासिक कब्जा जमाएको हेमराजले रजत तर्फ २ पदक जितेको छ । सुर्योदय मावि वरवा, जनता मावि पिपरा र महेन्द्र मावि कोपवाले समान पाँच/पाँच रजत पदक प्राप्त गरेका छन् ।

यस्तै सिद्धार्थ मावि बुङ्ची, मावि झण्डा मधौली, जनज्योती मावि मोतीपुर, ओदारी मावि ओदारी, बालज्योती मावि गजेहडा, चिल्ड्रन्स प्याराडाईज बोडगाउँ, आवर विज्डम मावि वैरियाले समान एक/एक रजत पदक जितेका छन् ।

काश्य पदक तर्फ हेमराज मावि हथौसा नै पहिलो भएको छ । हेमराजले २५ काश्य पदक जितेको छ । वाणगंगा मावि गजेहडाले १६ काश्य पदक जितेको छ भने सुर्योदय मावि वरवाले १२ काश्य पदक जितेको छ ।

जनता मावि पिपराले ९, महेन्द्र मावि कोपवाले ७, जनज्योती मावि मोतीपुरले ६, सिद्धार्थ मावि बुङ्ची र हिल्वर्ट मावि पिपराले समान तीन/तीन काश्य पदक जितेका छन् ।

मावि झण्डा मधौली, ओदारी मावि ओदारी र वाणगंगा मावि लौगाईले समान दुई/दुई काश्य पदक जितेका छन् ।

ज्ञानकुञ्ज मावि वैरिया, आवर विज्डम मावि बैरिया, चिल्ड्रन्स प्याराडाइज मावि बोडगाउँ, बालज्योती मावि गजेहडा, होराइजन मावि सिद्धिपुर र सुद्धोधन जनजीवन मावि जिनुवाले समान एक/एक काश्य जितेर जित्त बुझाएका छन् ।

वाणगंगाको राष्ट्रपति रनिङ शिल्डमा सरकारी विद्यालयले उत्कृष्ट नतिजाले उपाधि जित्दा निजी विद्यालय भने खेलकुदमा कमजोर देखिएका छन् । निजी तर्फ पिपराको हिल्वर्ट मावि एक स्वर्ण पदक बाहेक अरु कुनै निजी विद्यालयले स्वर्ण जित्न सकेनन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७ सोमबार ००:००  ७ : ३१ बजे