८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कांग्रेस सभापति देउवासहितका शीर्ष नेता आज चितवन आउँदै



चितवन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता आज चितवन आउने भएका छन् ।दिवंगत भएका नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सहभागी हुन कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता चितवन आउन लागेको कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

सभापति देउवा हेलिकोप्टरमा आउने श्रेष्ठले जानकारी दिए । कार्यक्रम रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा हुनेछ । पूर्वसांसद रानाभाटको फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

२०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित बनेका रानाभाट कांग्रेस चितवनका पूर्वसचिव, सुकुमबासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षसमेत भएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७ बुधबार ००:००  १० : ०० बजे