८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

‘विप्लवको वार्तामा गरिबका छोराछोरीले निशुल्क पढ्ने कुरा पर्नुपर्छ’-अन्तर्वार्ता



मायादेवी अनलाइन, चार नम्बर ।

सरकार र प्रतिवन्धित नेत्र वीक्रम चन्द विप्लव समुहबीच सुरु भएको वार्ताले धेरै क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । राजनैतिक दल, नागरिक अगुवा, बुद्धिजिवीले पनि विप्लव समूह शान्तिधारमा आउने कुरालाई सुखद मानेका छन् ।

यसैबीच शिक्षा क्षेत्रमा रुपान्तरण खोज्ने तथा सरोकार राख्ने व्यक्तिले पनि सरकार–विप्लवले शिक्षा क्षेत्रमा सकारात्म सन्देश प्रवाह भएको बताएका छन् ।

रुपन्देहीको बुटवलस्थित कालिका क्याम्पसका प्राचार्य घनश्याम भुसालले यो वार्तामा शिक्षा क्षेत्रका विषय मूर्त रुपमा उठ्नु पर्ने बताउनु भयो । प्रदेश रेडियो नेटवर्कको कार्यक्रम प्रदेश संवाद कार्यक्रमलाई अन्र्तवार्ता दिँदै उहाँले यो वार्तामा विद्यालय शान्ति क्षेत्र घोषणालाई पूर्ण कार्यान्वयन गरिनु पर्ने, गरिबका छोराछोरीले निशुल्क पढ्ने ग्यारेन्टी हुनुपर्ने, विभेदकारी शिक्षा व्यवस्थाको अन्त्य गरिनु पर्ने, शिक्षालाई उत्पादनसंग जोड्नु पर्ने लगायतका कुरा पनि उठ्नु पर्ने बताउनु भयो । विप्लवको राजनैतिक कार्यदिशामा सर्वहारा वर्गको हित, निशुल्क शिक्षा , एउटै शिक्षा पद्धती पर्ने हुनाले यो विषयको गयारेन्टी विनाको वार्ताले पनि खासै अर्थ नदिने उहाँको भनाई छ ।

अहिले राज्य र बिभिन्न समुहसंगबाट शिक्षा क्षेत्र र यहाँ काम गर्नेहरु आतंकित भएको भन्दै यसको पनि अन्त्य हुने कुरा पनि वार्तामा उठ्नु पर्ने उहाँको भनाई छ । अहिले पनि विद्यालय प्राङगणमा राजनीतिक दलले सभा गर्ने, राजनैतिक आन्दोलनमा कलिला विद्याथी प्रयोग गर्ने लगायतका विषय अन्त्य नभएकाले यसको पनि तुरुन्त अन्त्य हुनुपर्ने उहाँको भनाई छ । उहाँले शिक्षाको रुपान्तरण अहिलेका टेस्टेडहरुले गर्न नसक्ने भन्दै अब नयाँ नेतृत्व आवश्यक भएको उहाँले बताउनु भयो ।
बाँकी यो अन्तर्वार्तामा सुन्न सक्नुहुने छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७ बिहिबार ००:००  ७ : ४२ बजे