१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बढ्दो कोरोना त्रासः कपिलवस्तुका सिमानामा चेकजाँच गरेको पाइएन



मायादेवी अनलाइन, चारनम्बर ।
भारतका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि कपिलवस्तुका खुल्ला सिमानामा स्थानीय प्रशासनले खासै चेकजाँच गरेको पाइएको छैन ।

विगतमा लकडाउनको समयमा सिमानामा सकृय रहेका प्रहरी प्रशासन भारतमा संक्रमितको संख्या बढ्दै जाँदा समेत भारतबाट नेपाल भित्रने कपिलवस्तुका बढनी, मर्जादपुर, चाकरचौडा, सुठौली लगायत ८३ किलोमिटर खुल्ला सिमानाबाट निर्वाध रुपमा सयौं नेपाल भित्रिएका छन् ।

होली पर्व नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका कतिपय नेपाली फर्कने क्रम जारी रहेपनि संक्रमित भए नभएको स्वास्थ्य चेकजाँच नहुदा माहामारी पुन फैलने आशंका रहेको स्थानीय बताउँछन् । कुनैबेला खचाखच भरिएका कपिलवस्तुका अधिकाँश क्वारेन्टाइन यतिवेला कहिकतै छैनन् ।

उता जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका अधिकारीको समन्वयमा कृष्णनगर नाकामा विहीवार देखि हेल्पडेक्स राखिएको जनाएको छ ।

कपिलवस्तुमा विगत १ बर्षको अवधिमा कोरना संक्रमितको सँख्या २ हजार ८२ रहेको छ भने मृतक २७ जना रहेको कोरोना फोकल प्रसन उमेश घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०७७ शुक्रबार ००:००  ६ : १३ बजे