८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुद्धोधन मावि जिनुवामा ४ कोठे पक्की भवनको शिलान्यास



बाबुराम रायमाझी, भलवाड ।

वाणगंगा – ९ शुद्धोदन जन जीवन मा बि जिनुवामा ४ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । वाणगंगा नगर उप – प्रमुख चक्रपाणि अर्याल र वडाध्यक्ष धुर्ब बेल्बासेले संयुक्तरूपमा बिधालय भवनको शिलान्यास गर्नु भएको थियो ।
भवनका लागि प्रदेस सरकारको ८० लाख वाणगंगा नगर पालिकाको २० लाख गरि कुल १ करोड बराबरको लागतमा सम्पन्न हुने वडाध्यक्ष धुर्ब बेल्बासेले बताउनु भएको छ । सुबिधा सप्पन्न भवन निर्माण बन्ने भएपछि बिधालयमा पठन पाठन गर्न सहज हुने नगर उप प्रमुख चक्रपाणि अर्यालले वताउनु भयो ।
सिलान्यास कार्यक्रममा स्थानीय राजनीतिक दल का प्रमुखहरु !वाणगंगा नगरका शिक्षा तथा खेलकुद शाखा शिक्षा अधिकृत खिम बहादुर जि सि प्रशासन शाखा प्रमुख केशवराज भट्टराई बिधालयका प्रधानाध्यापक अनिता कडेल, नगर कार्यपालिका सदस्य वडा सदस्यहरु बिधालय ब्यबस्थापन समिति पदाधिकारीहरु भद्र भलादमी बुद्धिजिबि लगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : १३ चैत्र २०७७ शुक्रबार ००:००  ७ : ०६ बजे