८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना



काठमाडौँ ।
देशका पहाडी भूभागमा बुधबार आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने अनुमान मौसमविद्ले गरेका छन्।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

बुधबार राति पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

अहिले बिहान देशको पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भूभागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको छ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : १८ चैत्र २०७७ बुधबार ००:००  ७ : ३४ बजे