३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु‚ दुई घाइते



विष्णुकुमार आले, अर्घाखाँची ।
प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। मच्छी बजारबाट निर्माण सामग्री बोकेर बादीकोट जाँदै गरेको लु ३ त १०८३ नम्बरको ट्याक्टर झिमरूक गाउँपालिका-३ डोहोटेपानीमा मंगलबार राति दुर्घटना भएको थियो। दुर्घटनामा झिमरुक-२ कमिरेपानीका २९ वर्षीय धर्बिन्द्र रामतको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै‚ ३४ वर्षीय प्रेम सामत र २० वर्षीय कृष्णा क्षेत्री घाइते भएका छन्।

सामतलाई उपचारका लागि बुटवल लगिएको र क्षेत्रीको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए । ट्रयाक्टर सडकबाट झन्डै तीस मिटर तल खसेको छ। ट्रयाक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७७ बुधबार ००:००  २ : २९ बजे