५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

गुल्मीका किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम



गुल्मी ।
रेसुंगा नगरपालिकाले किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम दिएको छ। महिला हिंसा, बलात्कारजस्ता दुर्व्यवहारबाट बच्न तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ। तालिममा ७२ जना सहभागी भएका छन्।

किशोरीमाथि हुने दुर्व्यवहारबाट सुरक्षित हुन तालिमले सहयोग गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख कल्पना पाण्डेले बताइन्। किशोरीहरु शारीरिक, मानसिक रुपमा कमजोर महसुस नहुन र परिआएको खण्डमा आफू सुरक्षित हुन तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने पाण्डेले बताइन्।

नगरपालिकाको दुई लाख रुपैयाँको बजेटबाट तालिम आयोजना गरेको हो। तालिममा सहभागीलाई खाजा खर्च र यातायात बापतको रकम पनि उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। तालिममा रेसुङगा नगरपालिकाका १४ वटा वडामा रहेका माध्यमिक विद्यालयका किशोरीहरुको सहभागिता थियो।

प्रकाशित मिति : १८ चैत्र २०७७ बुधबार ००:००  २ : ४७ बजे