१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गर्मीमा नखानुस् यस्ता खानेकुरा, गर्छ स्वास्थ्यलाई हानि



एजेन्सी ।
गर्मी लागेको छ र अब खानपिनमा निकै ध्यान पुर्‍याउनुपर्ने भएको छ । यहाँ हामी नौ यस्ता खानेकुराको बारेमा चर्चा गर्नेछौं जसलाई गर्मीमा खाँदा स्वास्थ्यमा हानि पुग्छ ।

बार्बेक्यु मासु
गर्मीमा छतमा गएर बार्बेक्यु गर्ने रुचि मानिसहरूले देखाउँछन् । यसले स्वास्थ्यलाई हानि गर्छ । ग्रिल्ड मीट बढी तापक्रममा पकाइने हुँदा गर्मीको बेलामा यस्तो खानेकुरा खानु ठीक हुन्न ।

आइसक्रीम
गर्मीमा सबै उमेरका मानिस मीठो मानीमानी आइसक्रीम खान्छन् । तर आइसक्रीममा चिनी अत्यधिक हुन्छ र यसले मोटोपन तथा मधुमेह बढाउँछ । खाए पनि निकै कम आइसक्रीम खानुस् ।

ड्राई फ्रुट्स
बदाम, अँजीर, किसमिस, काजु जस्ता ड्राई फ्रुट पोषक तत्त्वले भरपूर हुन्छन् तर गर्मीमा थोरै मात्र खानुपर्छ । यस्ता मसलाले शरीरमा गर्मी उत्पन्न गराउँछन् ।

आँप
आँप खाने नै गर्मीमा हो तर धेर आँप खाँदा स्वास्थ्यमा हानि पुग्छ । बढी आँप खाँदा पेट बिग्रन्छ, डायरिया र टाउको दुख्ने समस्या हुन्छ । सीमित मात्रामा मात्र आँप खानुस् ।

मसला
अलैंची, दालचिनी, ल्वाङ, मरिच जस्ता मसलाले खानाको स्वाद बढाउँछन् । तर यिनले गर्मी गराउने हुँदा डिहाइड्रेसन हुन सक्छ र रोग लाग्न सक्छ । गर्मीमा सादा खानपान ठीक हुन्छ ।

चियाकफी
गर्मीमा दूध वा कालो चिया पिउने बानी त्यागेको राम्रो हुन्छ । तातो चियाकफीले गर्मीमा डिहाइड्रेसन गराउँछ । बरू ग्रीन टी पिउनुभए हुन्छ ।

दुग्ध पदार्थ
दुग्ध पदार्थ पनि गर्मीमा बडी हीटका कारण नपच्ने भएकाले धेरै नखाएको राम्रो हुन्छ । दूध, मक्खन वा चीज कमै मात्र सेवन गर्नुपर्छ ।

अल्कोहल
गर्मीमा धेरै मानिस चिसो वाइन वा बरफ हालेको ककटेल पिउन मन पराउँछन् । तर यिनले शरीरको तापक्रम बढाउँछन् र डिहाइड्रेसन गराउँछन् । डिहाइड्रेसनका कारण इम्युन सिस्टम कमजोर हुन्छ र रोग लाग्ने जोखिम बढ्छ ।

डीप फ्राई
तेल वा घ्यूमा बेस्सरी तारेको खानेकुरा गर्मीमा खानु सही हुन्न । यसले शरीरमा गर्मी उत्पन्न गरेर इम्युनिटी कमजोर बनाउँछ ।

प्रकाशित मिति : १८ चैत्र २०७७ बुधबार ००:००  २ : ५९ बजे