एक दिवसीय क्रिकेटः दोस्रो एक दिवसीयमा पाकिस्तान पराजित


एजेन्सी ।
दक्षिण अफ्रिकाविरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तान पराजित भएको छ । ओपनर फखर जमानको सर्वोत्कृष्ट शतकका बाबजुद पाकिस्तान दोस्रो एक दिवसियमा अफ्रिकासँग १७ रनले पराजित भएको हो । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितका लागि ३ सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २४ रन मात्र बनायो ।

पाकिस्तानका ओपनर फखर जमान १ सय ९३ रनको शतकीय खेल खेले पनि टोलिलाई जिताउन सकेनन् । जमान बाहेक पाकिस्तानका अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले ३ विकेट लिदा एन्डिले फहलुकवयोले २ विकेट लिए । यस्तै कागिसो रबाडा, लुन्गी एनगिडी र तबरेज शाम्शीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४१ रन बनाएको थियो ।

दक्षिण अफ्रिका कप्तान टेम्वा बभुमाले सर्वाधिक ९२ रनको योगदान दिए । ओपनर तथा विकेटकिपर क्विन्टन डी ककले ८० रन बनाउँदा मध्यक्रममा रास्सी भान डर डुसेनले ६० रन बनाए । डेविड ५० रनमा अविजित रहे ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस