१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भुसालले पाए लायन्स क्लव अफ कपिलवस्तु बर्ष २०२१ । २२ को नेतृत्व



मायादेवी अनलाइन, चारनम्बर ।

लायन्स क्लव अफ कपिलवस्तुको बर्ष २०२१ २२ को नेतृत्व धातानन्द भुसालमा गएको छ । क्लवको पाल्पामा भएको पाँचौ अधिवेशनबाट भुसाल अध्यक्षमा चयन हुनु भएको हो । बाणगंगा निवासी उहाँ सामाजिक तथा शैक्षिक ब्यक्तित्व हुनुहुन्छ ।

अधिवेशनबाट केशव सापकोटा प्रथम उपाध्यक्षमा, राम बहादुर पौडेल क्षेत्री द्धितीय उपाधयक्षमा राम सुभागे थारु तृतीय उपाध्यक्षमा, चतुर्थ उपाध्यक्षमा ओम प्रकाश घिमिरे, र पाँचौँ उपाध्यक्षमा झविलाल भट्टराई चयन हुनु भएको क्लवका अध्यक्ष सुरेन्द्र घिमिरेले बताउनु भयो ।

उहाँका अनुसार सचिवमा सागर घिमिरे, सहसचिवमा नारायण प्रसाद पौडेल, कोषाध्यक्षमा नवदत्त घिमिरे, सहकोषाध्यक्षमा सुमन क्षेत्री, जन सम्पर्क अधिकृतमा दामोदर पन्थी र सदस्य विस्तार संयोजक शान्तराज गैरे चयन हुनु भएको छ ।

अध्यक्ष घिमिरेको कार्यकाल ३ महिनापछि सकिँदै छ । सचिव राम सुभागे थारुको संचालनमा सम्पन्न अधिवेशनको प्रमुख अतिथि जोन चेयर पर्सन कृष्ण केसी हुनुहुन्थ्यो भने स्पन्सर क्लव रुपन्देहीका बाबुराम भण्डारी र रामप्रसाद भण्डारी विशिष्ट आतिथिको रुपमा रहनु भएको अध्यक्ष घिमिरेले बताउनु भयो ।

May be an image of 10 people, including Bhusal Dhatananda, people sitting, people standing and indoor

प्रकाशित मिति : २४ चैत्र २०७७ मंगलबार ००:००  ९ : ०६ बजे