१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आहा रारा गोल्डकपको फाइनलमा आज संकटा अफ्रिकन रुट भीँड्दै



पोखरा ।

पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल आज (शनिबार) हुँदैछ ।पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो २स्३० बजे सुरु हुनेछ ।

आज दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा हुने छन् ।फाइनल अघि दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले पाँच पटकको प्रयासमा फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताउँछन् ।

ुपाँच पटक प्रयास गर्दा फाइनल पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,ु खड्कीले भने, ुदुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।ु

संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २(० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । पटक पटक प्रतियोगितामा सहभागिता जनाएपनि संकटा पहिलो पटक फाइनल पुगेको हो ।अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो । अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २(० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो ।

अफ्रिकनका प्रशिक्षक सिंगे बोरिसले नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।ुहामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,ु उनले भने ।प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७ शनिबार ००:००  ६ : २४ बजे