१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

आइपिएलमा दिल्लीद्धारा चेन्नई पराजित, पहिलो खेलमै धवनको ८५ रन



एजेन्सी ।

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्समाथि प्रभावशाली जित निकालेको छ ।शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो ।१ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।शिखर धवनको ८५ रनको ईनिङ्समा अर्का ओपनर पृथ्वी शाले ७२ रनको योगदान गरे ।
ऋषभ पन्त १५ रनमा अविजित रहदाँ मार्कुस स्टोनिसले १४ रनको योगदान दिए ।चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले एक विकेट लिए ।यसअघि, पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

रैनाको अर्धशतकिय इनिङ्समा साम कुरानले ३४ रनको विस्फोटक पाली खेलेका थिए ।ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको चेन्नेईका लागि मोइन अलीले ३६, आम्बाती रायडुले २३ र रविन्द्र जडेजाले २६ रनको अविजित पाली खेले ।पुछारमा आएका कुरानले १५ बलमा ३४ रनको बिस्फोटक पाली खेले । उनले २ छक्का र ४ चौकाको मदतले सो रन बनाए । ओपनर फाफ डु प्लेसिसले शुन्य रनमा पेविलियन फर्कदा रुतुराज गाइवाड ५ रनमा आउट भएका थिए । दिल्लीका क्रिस वाक्स र अभेष खानले समान २ र रविचन्द्रन आश्विन र टोम कुरानले समान एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७ आइतबार ००:००  ६ : ०३ बजे