७ असार २०८३, आइतबार | Mon Jun 22 2026

होसे मोरिन्हो पनि भए टोटनह्यामबाट बर्खास्त



एजेन्सी ।
इंग्लिस क्लब टोटनह्यामका प्रशिक्षक होसे मोरिन्होलाई क्लबले प्रशिक्षक पदबाट बर्खास्त गरेको छ। मोरिन्होलाई सोमबार टोटनह्यामले बर्खास्त गरेको स्काई स्पोर्ट्स न्युजले जनाएको छ।

यसपटक टोटनह्याम इंग्लिस प्रिमियर लिगको सातौं स्थानमा छ। मात्र ७ खेल बाँकी रहँदा टोटनह्यामको उपाधि सपना सकिसकेको छ। यसअघि चेल्सीबाट बर्खास्त भएका मोरिन्हो म्यानचेस्टर युनाइटेडमा प्रशिक्षकको रुपमा पुगेका थिए।

युनाइटेडबाट बर्खास्त भएका उनी टोटनह्यामबाट पनि बर्खास्त भएका हुन्।

प्रकाशित मिति : ६ बैशाख २०७८ सोमबार ००:००  ३ : ४१ बजे