१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुमा भयावह बन्दै कोरोना, एकै दिन ५ जना संक्रमितको ज्यान गयो



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमितको मृत्यु हुने क्रम रोकिएको छैन । विहीबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।

विहीबार एकैदिन विजयनगरमा १ जना, शिवराजमा १ जना, कपिलवस्तु नगरपालिकामा १ जना र वाणगंगा नगरपालिकामा २ जना गरी ५ जना संक्रमितको ज्यान गएको हो ।

कार्यालयका अनुसार बिजयनगर गाउँपालिका वडा नम्बर ४ निवासी ६० बर्षीया महिला र बाणगङ्गा नगरपालिका वडा नम्बर १० निवासी ४६ बर्षीय पुरुषको मृत्यु भएको हो ।

यो पनि…

विजयनगर र बाणगंगामा थप २ जना कोरोना संक्रमितको मृत्यु

यस्तै शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ७० बर्षीय पुरुष र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ बस्ने ८८ बर्षीय अर्का पुरुषको पनि कोभिड १९ को संक्रमणको कारणले ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जिल्लाको बाणगंगा नगरपालिकामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । वडा नम्बर ४ जितपुरको कपिलवस्तु सामुदायिक अस्पताल नजिकै घर भएका ४५ बर्षीय पुरुषको उपचारको क्रममा काठमाण्डौँमा ज्यान गएको हो ।

यो पनि पढ्नुहोस

कोरोनाको कारण बाणगंगाको चारनम्बरका ४५ बर्षीय पुरुषको ज्यान गयो

यस खबरलाई स्वास्थ्य कार्यालयले पुष्टि गर्न बाँकी छ । भारतको गुजरातबाट घर आएका उनलाई सुरुमा ज्वरो आएको थियो । त्यसपछि परीक्षण गर्दा कोरोना देखिएपछि भैरहवा लगिएको बताइएको छ ।

श्वास फेर्न बढी समस्या भएपछि क्रिमसन अस्पतालबाट उनलाई काठमाण्डौँ रिफर गरेपछि बुटवलबाट हेलिकप्टर चार्टर गरी काठमाण्डौँ लगिएकोमा गयराति ज्यान गएको आफन्तले मायादेवीलाई बताएका छन् । उनी भारतमा राम्रै कम्पनीमा काम गर्थे । उहाँ घर नपसी सिधै अस्पताल गएको आफन्तले बताए । उहाँको स्वास्थ्य कार्यालयले पुष्टि गरिसकेको छैन् ।

यस संगै कपिलवस्तु जिल्लामा कोभिड १९ को संक्रमणले निधन हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य कार्यालयले ४३ जनाको पृष्टि गरिसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  ५ : ३६ बजे