२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

परीक्षण गरिएकामध्ये एक तिहाइलाई कोरोना संक्रमण



काठमाडौं ।

गत २४ घण्टामा कोरोना भाइरसको परीक्षण गरिएकामध्ये एक तिहाइ मानिसमा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा १५ हजार ९१६ जनाको परीक्षण गरिएकोमा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो। अर्थात् परीक्षण गरिएकामध्ये ३६ प्रतिशत मानिसमा संक्रमण पुष्टि भएको छ।

यो अहिलेसम्मैकै उच्च संक्रमण दर पनि हो। अहिलेसम्म संक्रमण दर ३६ प्रतिशत पुगेको थिएन। पछिल्लो समय कोरोनाको नयाँ प्रकार तीव्र फैलिएका कारण संक्रमण दर बढेको हो। यस्तै, गत २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ भने ९२८ जना भने उपचारपछि डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  ५ : ४६ बजे