७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुमा कोरोनाका सक्रिय संक्रमित ५ सय पुग्न ७१ बाँकी, अब हुन्छ कि लकडाउन !



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन् । शनिबार जिल्लामा ६४ जना थपिएसंगै सक्रिय संक्रमितको संख्या ५ सय पुग्न थालेको हो । अब ७१ जना संक्रमित थपिए पछि कपिलवस्तु जिल्ला प्रशासनले जिल्लामा लकडाउन घोषणा गर्ने छ ।

कोरोना संक्रमण नियन्त्रणमा सबैभन्दा प्रभावकारी उपाय लकडाउन नै हो । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिने भएकाले लकडाउन नियन्त्रणको उपयुक्त उपाय मानिन्छ ।

सरकारले तराईका जिल्लामा ५ सय संक्रमित पुगेपछि लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएपछि कपिलवस्तुमा पनि ५ सय संक्रमित कुरेर प्रशासन बसेको थियो । भारतीय खुल्ला सिमानाकाको कारण जिल्लामा कोरोना भयावह रहेको सरोकारवालाहरुले आकलन गर्दै आएका छन् ।

कोरोना परिक्षण दर अन्यन्तै न्यून रहेको र सर्वसाधारणको भीडभाड उत्तिकै रहेकाले जिल्लामा तत्काल लकाउन गर्न प्रशासनलाई दबाब पर्दै आएको थियो । तर, प्रशासनले ५ सय संक्रमित नपुग्दासम्म जिल्लामा लकडाउन गर्न नहुने अडान राख्दै आएको थियो ।

७१ जना कम जिल्लामा ५ सय संक्रमित पुग्न लागेपछि कपिलवस्तुमा प्रशासनले लकडाउनको तयारी गरेको छ । आइतबार विहान ११ बजे लकडाउनबारे निर्णय लिन प्रशासनले जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठक आह्वान गरेको छ । उक्त बैठकमा लकडाउनबारे निर्णय हुने प्रशासन स्रोतले जनाएको छ ।

कपिलवस्तुका छिमेकी जिल्लामा लकडाउन जारी भैसकेको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा लकडाउन जारी भैसकेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८ आइतबार ००:००  ७ : ३३ बजे