कोरोनाको कारण बाणगंगा वडा ६ भगलापुरका ३२ बर्षका पुरुषको मृत्यु


मायादेवी अनलाइन, चारनम्बर ।

कोरोना संक्रमणको कारण बाणगंगानगरपालिकामा थप एक जनाको मृत्यु भएको छ । वडा ६ भगलापुरका ३२ बर्षका पुरुषको घरमै मृत्यु भएको नगरको स्वास्थय शाखाले पुष्टि गरेको छ । स्वास्थ्य शाखाप्रमुख ठगराज पौडेलका अनुसार मृत्यु हुने ब्यक्ति भारतबाट आएका हुन् । उनको अहिले दाहसंस्कारको तयारी छ । बुटवल पुगेर चेक गरेपछि कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले दाहसंस्कारको तयारी भएको छ । यो संगै नगरमा कोरोनाको दोश्रो लहरमा ज्यान जानेको संख्या ७ पुगेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस