एमालेको सांसदबाट राजीनामा दिएका दृग नारायणलाई विपक्षी गठबन्धनले राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बनाउने


बुटवल ।
लुम्बिनी प्रदेशसभा सदस्यबाट आइतबार राजीनामा दिएका एमाले सांसद दृगनारायण पाण्डेलाई कांग्रेस–माओवादी गठबन्धनले राष्ट्रियसभाको ६ जेठमा हुने उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने भएका छन् ।

विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाका तर्फबाट साझा उम्मेदवार बनाउने जानकारी गराएको हो । कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले पाण्डेलाई साझा उम्मेदवार बनाउने सहमति भएको बताए ।

पाण्डे एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले प्रदेशसभाबाट दिएको राजीनामा सोमबार सभामुख पूर्ण घर्तीले स्वीकृत गरिसकेका छन् । आइतबार दिउँसो मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्त भएपछि एमाले सांसद पाण्डेले राजीनामा दिएका थिए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस