कपिलवस्तुमा आजबाट निषेधाज्ञा, के खुल्छन्, के खुल्दैनन् ?



मायादेवी अनलाइन,चारनम्बर ।

कपिलवस्तुमा आजबाट निषेधाज्ञा सुरु भएको छ । २ दिनअघि बसेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकको निणर्य अनुसार गएराति देखि निशेधाज्ञा लागु भएको हो । अब निशेषधाज्ञामा अत्यावश्यक वस्तु र सेवा बाहेक अरु सबै ठप्प हुने छन् ।

अत्यावश्यक वस्तु किनमेलका लागि पनि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पसलहरु भने खुला रहने प्रशासनले जनाएको छ । निशेधाज्ञा उलंघन गर्ने जोसुकैलाई संक्रामक रोग ऐन अनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

बाहिर हिँड्दा मास्क नलगाएको र नियम उलंघन गरी भीँडभाड गरेको, अत्यावशयक बाहेकका पसल र सेवा गर्नेमाथि प्रहरी निर्मम बन्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले मायादेवीलाई जानकारी दिनुभयो ।

जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकको निर्णय अनुसार अब यी कुरा चल्ने छन् यी कुरा बन्द हुने छन् ।

May be an image of text
No photo description available.No photo description available.

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस