कपिलवस्तु अपडेटः मृतकको संख्या ५२ पुग्यो, शिवराजमा ३७ बर्षका पुरुषको मृत्यु


मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५२ पुगेको छ । शिबराज नगरपालिका वडा नम्बर ७ निवासी वर्ष ३७ का पुरुषको गयराति कोभिड १९ को कारण उपचारको क्रममा निधन भएपछि ज्यान जानेको संख्या जिल्लामा ५२ पुगेको हो । १० पालिकामध्ये कृष्णनगर नगरपालिकामा अहिलेसम्म १२ जना, बुद्धभूमिमा ९ तथा बाणगंगामा ७ जनाको कोरोनाको कारण ज्यान गएको छ । कपिलवस्तुमा अहिले ७२५ सक्रिय विरामी छन् भने २०७९ जना उपचारपछि निको भएर घर गएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।संक्रमण थप नफैलियोस् भनेर जिल्लामा आजदेखि निशेधाज्ञा गरिएको छ । यो तालिकामा शिवराजमा मृत्यु भएका पुरुषको अपडेट छैन ।

No photo description available.

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस