कोभिडको कारण बाणगंगाका ३९ वर्षीय पुरुषको मृत्यु


मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुुको बाणगंगा नगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वडा नं. ७ का ३९ बर्षीय पुरुषको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार श्वास प्रश्वासमा समस्या देखिएपछि बुटवल लैजाने क्रममा आज बिहान बाटोमै मृत्यु भएको हो ।

यससँगै बाणगंगामा कोरोना सङक्रमणको दोस्रो लहरमा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने जिल्लामा मृतकको संख्या ५३ पुगेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस