दुर्घटनाबाट उपचाररत रेडियो मायादेवीका कोषाध्यक्ष पाण्डे रहनु भएन


मायादेवी अनलाइन, चारनम्बर ।
नव छहारी सामाजिक विकास संस्थाद्धारा सञ्चालित सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जका सञ्चालक समिति कोषाध्यक्ष खिमानन्द पाण्डेको निधन भएको छ । गत माघ महिना पैदल हिडिरहेको बेला मोटरसाइकलले ठक्कर दिएपछि अस्पतालमा उपचाररत पाण्डेको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको काठमाडौं शिक्षण अस्पतालको उपचार भैरहेको अवस्थामा सोमबार निधन भएको जनाइएको छ ।

पाण्डे वाणगंगा नगरपालिका वडा नं. ३ निवासी हुनुहुन्थ्यो । सामाजिक कार्यमा सक्रिय पाण्डे नेपाली कांग्रेसका वडा सभापति पनि रहनुभएको थियो । जेष्ठ नागरिक समाज वाणगंगा नगर समितिका सह सचिव समेत रहनुभएका पाण्डेको निधनले सिंगो नगर स्तब्ध भएको छ ।

पाण्डेको निधन प्रति नव छहारी सामाजिक विकास संस्थाका अध्यक्ष नन्दकिशोर शुक्ला, सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जका अध्यक्ष टेकेन्द्र कुमार क्षेत्री र रेडियोका स्टेशन म्यानेजर चन्द्रकान्त न्पौपानेले एक शोक बक्तव्य जारी गरी उहाँप्रति श्रद्धाञ्जली व्यस्त गर्दै शोक सन्तब्ध परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस