बाणगंगाका ७८ बर्षका बृद्धले जिते कोरोना, कपिलवस्तुको समग्र स्थिति यस्तो छ !


मायादेवी अनलाइन, चारनम्बर ।

कोरोनासंग हार्न मात्र होइन जित्न पनि सकिन्छ । कोरोनाको दोश्रो संक्रमणले जिल्लालाई भयावह बनाइरहेको र जवान पुरुषको मृत्यु भइरहेको अवस्थामा जिल्लामा ७८ बर्षका एक पुरुषले कोरोनालाई जितेर घर फर्कनु भएको छ । ती ब्यक्ति बाणगंगा नगरपालिकाका हुनहुन्छ । उहाँसंगै कपिलवस्तुमा अहिलेसम्म २०७९ जना उपचारपछि निको भएर घर फर्किएको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनु भयो ।

उहाँका अनुसार दोश्रो लहरमा ९८ जनासंक्रमित निको भएर घर फर्केका छन् । घिमिरेका अनुसार अब कपिलवस्तुमा निको हुनेको दर समेत बढ्ने बताइएको छ । संक्रमण थप नफैलियोस् भनेर जिल्लामा आजदेखि निशेधाज्ञा गरिएको छ ।

यता आज ककपिलवस्तुमा कोरोना संक्रमणका कारण २ जनाले ज्यान गुमाएका छन् । जिल्लाको शिवराज र बाणगंगा नगरपालिकामा एकएक पुरुषको निधन भएको जन स्वास्थ्य कार्यालयले जनाएको छ । यससंगै कपिलवस्तमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५३ पुगेको छ । आज मृत्यु हुनेमा शिबराज नगरपालिका वडा नम्बर ७ निवासी वर्ष ३७ का पुरुष हुन् ।

उनको गयराति कोभिड १९ को कारण उपचारको क्रममा निधन भएपछि ज्यान गएको थियो । यस्तै बाणगंगा नगरपालिकाको वडा नं. ७ का ३९ बर्षीय पुरुषको मृत्यु भएको नगरपालिकाले जनाएको छ । नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार श्वास प्रश्वासमा समस्या देखिएपछि बुटवल लैजाने क्रममा आज बिहान बाटोमै मृत्यु भएको हो ।

यससँगै बाणगंगामा कोरोना सङक्रमणको दोस्रो लहरमा मृत्यु हुनेको संख्या ९ पुगेको छ जानेको संख्या जिल्लामा ५२ पुगेको हो । १० पालिकामध्ये सबैभन्दा धेरै कृष्णनगर नगरपालिकामा अहिलेसम्म १२ जना र बुद्धभूमि र बाणगंगाामा समान ८ जनाको कोरोनाको कारण ज्यान गएको छ । कोरोनाको रोकथाम र नियन्त्रण गर्न अहिले जिल्लामा निशेधाज्ञा छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस