७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

विज्ञहरु भन्छन्ः हावाबाट पनि सर्नसक्छ कोरोना



वासिंटन ।
विज्ञहरुका अनुसार कोरोनाभाइरसको संक्रमण हावाको माध्यमबाट पनि फैलन सक्छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले गरेको अनुसन्धानबाट यस्तो पुष्टि भएको हो । हावाका कारण कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको सीडीसीको भनाइ छ ।

बेलायत, अमेरिका र क्यानडाका ६ सदस्यीय विज्ञहरूको टोलीले गरेको अध्ययन अनुसार यस्तो तथ्य भेटिएको हो । उनीहरुका अनुसार सास लिँदा निस्कने मसिनो थोपा वा र्‍यालको अंशका रूपमा हावामा भएको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रवेश गर्नसक्छ ।

साथै भाइरसले आफैंलाई धेरैपटक परिवर्तन समेत गर्न सक्छ । सीडीसीका अनुसार मानिसले सास छोड्दा वा कसैसँग बोल्दा व्यक्ति नजिकको सतह वा हावामा भाइरस मिसिन्छ र केही घण्टासम्म सक्रिय रहन्छ ।

तर ६ फिटको दूरीमा बस्दा भाइरसले प्रभावित गर्न नसक्ने सीडीसीको भनाइ छ । तर लामो समय घरबाहिर बस्ने मानिसमा हावाको माध्यमबाट भाइरस प्रवेश गर्न सक्ने र वरपरको मानिसलाई शिकार बनाउने विज्ञहरुले बताएका छन् । २०१९ मा चीनबाट सुरु भएको कोरोनाभाइरस विभिन्न भेरिएन्टको रुपमा अझै सक्रिय रहँदैआएको छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ बैशाख २०७८ आइतबार ००:००  ६ : ०३ बजे