१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिरी ए च्याम्पियन इन्टरलाई युभेन्ट्सले हरायो



एजेन्सी ।
इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले च्याम्पियन इन्टर मिलानलाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सले इन्टरलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा २४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।तर, खेलको ३५ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा जुवान क्वाड्राडोले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।खेलको ५५ औं मिनेटमा रोड्रिगोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा समेटियो ।खेलको ८३ औं मिनेटमा युभेन्ट्सका जर्जियो चिलिनीले आत्मघाती गोल गरेपछि खेल २-२ को स्थितिमा पुग्यो ।

तर, खेलको ८८ औं मिनेटमा जुवानले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३(२ को जित दिलाए ।यस्तै खेलको इन्जुरी समयमा मार्सेलो बोर्जोभिकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि इन्टर पनि १० खेलाडीमा समेटिएको थियो ।यस जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ । युभेन्ट्सले ३७ खेलमा ७५ अंक जोडेको छ ।इन्टर ८८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८ आइतबार ००:००  ६ : ०८ बजे